प्रदेश सरकार अन्तर्गत रहेको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको महत्वपूर्ण अंगको रूपमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कोशी प्रदेश, धनकुटा स्थापना भएको छ। यस कार्यालयको प्रमुख उद्देश्य प्रदेशभित्रका नागरिकहरूलाई स्वच्छ खानेपानी, पर्याप्त सिंचाइ सुविधा, तथा दिगो ऊर्जा स्रोतहरूको व्यवस्थापन तथा सेवा प्रदान गर्नु हो। हामी आधुनिक प्रविधिको प्रयोग र समुदायको सक्रिय सहभागितामार्फत स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न कटिबद्ध छौं। साथै, वातावरणीय संरक्षण र दिगो विकासका सिद्धान्तलाई आत्मसात् गरी कोशी प्रदेशका जनताको जीवनस्तर सुधार्न हामी प्रयासरत छौं। जनताको सहकार्य र विश्वासमार्फत यस कार्यालयले प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। हाम्रो दृष्टि: सबै नागरिकलाई सुरक्षित, भरपर्दो र दिगो खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउनु। हाम्रो मिशन: स्थानीय तहसँग समन्वय गर्दै नीतिगत योजना, कार्यक्रम, र प्राविधिक सेवा...
क्रमश...